Archive for जुन, 2009

सधैँभरि साथीहरुसँग र अन्य CHAT ROOMS मा नयाँ मानिसहरुसँग कुरा गर्दैजाँदा यो “lol” धेरै पटक सुनिराखिने शब्द हो तर मलाई हिजोसम्म यसको अर्थ थहा थिएन। तर पनि अर्थ न बर्थ गोबिन्द गाई, टाउको को ओखति नाईटोमा लाई भने जसरि नै म पनि “lol” लेख्दिन्थेँ। हिजो पनि म omegle.com मा एकजना अमेरिकाको मानिससँग chat गर्दै थिएँ। कुरै कुरामा उसले “lol” लेख्यो। आजचाँहि सोध्नै पर्यो भनेर मैले उसलाई “LOL” को ’boutमा सोधेँ। अनि पो थहा भो ‘lol” भन्या त “laughing at loud” अर्थात “बेस्सरी हाँसे” भन्ने हुने रहेछ। त्यसैले chat गर्दा केहि रमाईलो कुरा भो भने “lol” भन्नु पर्ने रहेछ। ल त हेर्नुस् त नजान्नु जस्तो सार्हो पनि केहि हुनेरहेनछ है! LOL